गायक निशान भट्टराई बैवाहिक बन्धनमा बाधिएका छन् । आज कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।
निशान र ऋचा काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका छन् । उनीहरुको विवाह बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।
उनीहरु गत २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । ऋचाले निशानको ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरेका छन् ।
काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जनाइएको छ ।
सोमवारको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जनाएका हुन् ।
‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’ डा. खतिवडाले भने ।
मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जस अनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । फेरी मन्त्रिपरिषद्का्े बैठकले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप विकासमा विश्वभरका शक्ति राष्ट्रहरु र वैज्ञानिकहरु जुटिरहेका छन् ।
अमेरिका, बेलायत, चीन, रुस र भारतलागतयका मुलुकहरुले खोपको विकासको विभिन्न चरण पार गरेका छन् । अमेरिकामा विकास भइरहेको कोरोनाविरुद्धको खोप परीक्षणको तेस्रो चरणमा छ भने चिनियाँ खोप पनि तेस्रो चरणमा प्रवेश गरेको जानकारी गराइएको थियो ।
त्यसैगरी भारतले विकास गरिरहेको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अन्तिम बिन्दुमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए । यसअघि भारतले आफ्नो स्वतन्त्रता दिवस अगस्त १५ मा खोप प्रयोगमा ल्याइसक्ने बताएको थियो ।
त्यसैरी रुसले भने कोरोनाविरुद्धको तेस्रो चरणको परीक्षण पनि पूरा गरिसकेको बताएको छ । रुसी सञ्चारमाध्यम स्पुतनिक न्युजका अनुसार रुसले अगस्त १२ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप दर्ता गर्ने भएको हो ।
रुसी कार्यकारी स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभले यसअघि नै अगस्त १२ मा विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप दर्ता गर्ने बताएका हुन् । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले जामालेय सेन्टर र रुसी रक्षा मन्त्रालयको सहकार्यमा विकास गरिएको यो खोप परीक्षणको सम्पूर्ण चरण पार भइसकेको बताएका छन् ।
उनले यो खोपको दर्ताको तयारी भइरहेको जानकारी दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ । यसअघि रुसी रक्षा मन्त्रालयका अधिकारीले खोपको तेस्रो परीक्षणका क्रममा सहभागी सम्पूर्ण रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको बताएका थिए ।
रक्षा मन्त्रालयले भनेको थियो, ३८ जना सहभागीहरुमा गरिएको परीक्षणमा सम्पूर्णमा रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको छ । पहिलो समूहलाई जुलाई १५ मा र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।
रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोरोना भाइरसको खोप कार्यक्रमका लागि आवश्यक बजेट तर्जुमा गर्न सरकारलाई निर्देशन दिइसकेका छन् । उनले करिब ६० प्रतिशत रुसी नागरिकलाई फ्लुविरुद्धको खोप लगाइसक्नुपर्ने समेत बताएका छन् ।
तर, विश्व स्वास्थ्य संगठनले भने यसअघि नै रुसलाई सुरक्षित र प्रभावकारी कोरोनाभाइरसको खोप विकासका लागि आवश्यक डब्लएचओले जारी गरेका निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो ।
डब्लूएचओले कोरोना भाइरसविरुद्धका सम्पूर्ण खोपको बृहत प्रयोगअघि नै परीक्षणका सम्पूर्ण चरणहरु पार गर्नुपर्ने बताएको छ ।
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । परीक्षा स्थगित गरेको सूचना भर्खरै प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको हो ।
प्रकाशित सूचनामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा किर्तिपुर काठमाडौद्धारा सञ्चालित स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षा कार्यक्रमहरु स्थगित भएको उल्लेख छ ।
सूचनामा भनिएको छ, परीक्षाहरु आगामी भदौ महिनाको दोस्रो सातादेखि हुने भनी मिति २०७७ । ०४ । ०९ का दिन सूचना प्रकाशित भएकोमा हाल कोभिड –१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लाहरुमा निषेधाज्ञा समेत जारी भएकाले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्धारा लिईने सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । जानकारी आफुले पाएपछि सबैका लागि सक्दो सेयर गरिदिनुहोला ।
नायिका पूजा शर्मा पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिन प्रेस काउन्सिल पुगेकी छन् । पत्रकार सुवेदीले आफुलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले आइतबार कलाकार संघमा पनि उजुरी दिएकी थिइन् ।
पूजाको उजुरी पश्चात पत्रकार सुवेदीले कार्यक्रम मार्फत माफि मागिसकेका छन् । तर उनको माफि चित्त बुझ्दो नभएको भन्दै पूजा प्रेस काउन्सिलसम्म पुगेकी हुन् । उनलाई सुदर्शन थापाले साथ दिइरहेका छन् । पूजाले आफ्नो लागि मात्र नभएर समस्त कलाकारको न्यायको लागि कानुनी कारबाहीसम्म पुगेको बताइन् । उनले भनिन्, ‘म व्यक्ति विशेष भन्दा पनि समस्त कलाकारको लागि यहाँसम्म आएको हो । कलाकारहरु भनेपछि सबै पर्दछन् । म दाह्रा शब्दले मात्र यहाँँसम्म आएको होइन । उहाँले आपत्तिजनक शब्द धेरै बोल्नु भएको छ ।’
उनले पत्रकार सुवेदीको हेपाई ज्यादा भएपछि कानुनी कारबाही प्रक्रियामा गएको बताइन् । ‘उहाँले हरेक एपिसोडमा कलाकारलाई होच्याउने हिसाबले कुराकानी गर्नुहुन्छ । त्यसैले हामी कानुनी प्रक्रियामा गएका हौं’ उनले भनिन् ।
काठमाडौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा तय गरेको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।
आज एक विज्ञप्ति निकाल्दै संस्थानले साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाललाई परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै परीक्षा स्थगित गरिएको जनाएको हो।
काठमाडौं: उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म सरकारले पुनः रोक लगाउने निर्णय गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडानपछि सार्ने निर्णय गरेको हो ।
भदौ एक गते देखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको हो ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले पनि यातायात रोक्न माग गरेका थिए । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय भएको छ ।
त्रि.वि. को आगामी भाद्र दोस्रो हप्ताबाट संचालन हुने भनिएको स्नातक र स्नातकोत्तर तहका विविध कार्यक्रम तथा परिक्षाहरु अनिच्छित कालिन समयका लागि स्थगित गतिरिएको छ।
covid-19 को महामारी बढीरहेको यो तत्कालीन समयमा परिक्षा तथा शिक्षण कार्यलाई अघि बढाउन नसकिने कुरा परिक्षा नियन्त्रण महाशाखाले बताएको छ।
भाद्र महिनाको दोस्रो हप्तादेखि संचालनहुने भनी यस अघि २०७७/०४/०९ का दिन सूचना प्रकाशित गरिएको थियो। तर कोरोनाको जोखिम बढ्दै गएको र फैलिन सक्ने सम्भावना अत्यधिक रहेको हुनाले उक्त सुचानालाई लागू गर्न नसकिएको कुरा महाशाखाले बताएको छ।
covid-19 को महामारिका कारण जिल्ला प्रशासनहरुबाट विभिन्न जिल्लामा निशेधाज्ञा जारी भएकोले यस संकायको परिक्षा नियन्त्रण महाशाखाद्वारा लिइने सम्पुर्ण परिक्षाहरु अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको कुरा महाशाखाले बताएको छ।